२०औं स्थानको हुएस्कामाथि रियल मड्रिडको संघर्षपूर्ण कमब्याक जित

काठमाडौं, माघ २४
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मड्रिडले संघर्षपूर्ण कमब्याक जित निकालेको छ । आज शनिबार भएको लिगको २१औं साताको खेलमा रियलले हुएस्कामाथि उसकै घरेलु मैदानमा १–२ को कमब्याक जित निकालेको हो । अवे मैदानमा रियललाई सबैभन्दा पुछार २०औं स्थानको टिमविरुद्ध कठिन जित निकाल्न फ्रेन्च डिफेन्डर राफाएल भाराने नायक बने । टिम कठिन अवस्थामा रहेका बेला उनी एक्लैले २ गोल गरेपछि रियल हारबाट मात्रै बचेन, महत्त्वपूर्ण जित निकाल्न पनि सफल भयो ।

अब यो जितसँगै रियल अंक तालिकाको दोस्रो स्थानमा पनि चढेको छ । रियलले बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थान लिएको हो । तर, बार्सिलोनाले आफ्नो २१औं खेल खेल्नै बाँकी छ । हालको अवस्थामा रियल बार्सिलोनाभन्दा ३ अंकले अघि रहेको छ । बार्सिलोनाले आफ्नो खेल भोलि आइतबार खेल्नेछ ।

प्रकाशित मिति २४ माघ २०७७, शनिबार २२:५४
Loading...