डर्टमुन्डले भोग्यो अर्को हार : बार्यनभन्दा १६ अंकले पछि !

काठमाडौं, माघ २४
जर्मन लिग बुन्डेसलिगामा यो सिजन खराब प्रदर्शन गरिरहेको बोरुसिया डर्टमुन्ड अर्को हारको सिकार भएको छ । आज शनिबार राति भएको लिगको २०औं साताको खेलमा डर्टमुन्डलाई एससी फ्रेइवर्गले आफ्नो घरेलु मैदानमा २–१ को हार चखायो । उपाधि होडमा फर्किन संघर्ष गरिरहेको डर्टमुन्डलाई यो हारले झनै कठिन बनाइदिएको छ ।

फ्रेइवर्गले गरेको २ वटै गोल दोस्रो हाफमा गरेको थियो । डर्टमुन्डको टोलीमा अर्लिङ हल्यान्ड, जाडोन सान्चोसहितका स्टार खेलाडी भए पनि पाहुना टोलीले हार पन्छाउनभने सकेन । यससँगै डर्टमुन्डले यो सिजन मात्रै लिगमा ८ खेल हारिसकेको छ ।

घरेलु टाली फ्रेइवर्गका लागि खेलको ४९औं मिनेटमा पहिलो गोल जेओङ ओऊ–एयोङले गरेका थिए । त्यसपछि दोस्रो गोल त्यसको ३ मिनेटमै जोनाथनले गोल गरेपछि फ्रेइवर्गले खेलमा २–० को सहज अग्रता बनायो । त्यसपछि ७६औं मिनेटमा डर्टमुन्डका लागि मोउकोकोले गोल गरे पनि दोस्रो गोल गर्न नसक्दा खेल फ्रेइवर्गले २–० ले जित्यो ।

अब यो हारपछि डर्टमुन्ड २० खेलपछि मात्रै २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । विजयी फ्रेइवर्ग २० खेलपछि ३० अंक बनाएर आठौं स्थानमा चढेको छ । डर्टमुन्ड अब समान २० खेलपछि लिग लिडर बार्यन म्युनिखभन्दा १६ अंकले पछि परेको छ ।

प्रकाशित मिति २४ माघ २०७७, शनिबार २२:३१
Loading...