यस्तो हुनेछ युभेन्टस र रोमाको प्लेइङ–११

काठमाडौं, माघ २४
इटालियन सिरी ए लिग फुटबलमा आज युभेन्टस र रोमाको रोमाञ्चक खेल हुँदैछ । लिगको तेस्रो स्थानको रोमा र चौथो स्थानको इन्टर मिलान युभेन्टसको घरेलु मैदानमा भिड्दैछन् । यो खेल नेपाली समयअनुसार राति ठीक १०ः४५ बजेबाट सुरु हुनेछ । लिगका दुई बलिया टोली खेल्ने भएकाले यो खेल रोमाञ्चक हुने पक्का छ ।

हाल अंक तालिकामा रोमा २० खेलपछि ४० अंकसहित तेस्रो स्थानमा छ भने युभेन्टस १९ खेलपछि ३९ अंक बनाएर चौथो स्थानमा छ । यदि आज आफ्नो मैदानमा रोमालाई हराए युभेन्टस तेस्रो स्थानमा उक्लिनेछ । उपाधि होडमा फर्किन युभेन्टसका लागि यो खेल निकै महत्त्वपूर्ण हुनेछ ।

आज आफ्नो घरमा उत्रिँदा युभेन्टसको टोलीमा क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटासहितका खेलाडी हुनेछन् । तर, चोटमुक्त भएर प्रशिक्षणमा फर्किएका पाउलो डिबाल भने आजको खेलका लगि टोलीमै समावेश छैनन् । तसर्थ आज रोमाविरुद्ध फ्रन्ट लाइनमा रोनाल्डो र मोराटोले सम्हाल्ने करिब पक्का छ ।

Juventus Starting XI (probable):

Wojciech Szczesny (GK)
Juan Cuadrado
Matthijs de Ligt
Leonardo Bonucci
Danilo
Federico Chiesa
Arthur
Adrien Rabiot
Weston McKennie
Cristiano Ronaldo
Alvaro Morata

Roma Starting XI (probable):

Pau Lopez (GK)
Gianluca Mancini
Roger Ibanez
Marash Kumbulla
Rick Karsdorp
Bryan Cristante
Jordan Veretout
Leonardo Spinazzola
Gonzalo Villar
Henrikh Mkhitaryan
Borja Mayoral

प्रकाशित मिति २४ माघ २०७७, शनिबार १७:४३
Loading...