इन्टर मिलान सिरी ए लिगको शीर्ष स्थानमा उक्लियो

काठमाडौं, माघ २४
इटालियन सिरी ए लिगमा इन्टर मिलान शीर्ष स्थानमा चढेको छ । गत राति लिगको २१औं साताको खेलमा फियोरेन्टिनालाई उसकै घरेलु मैदानमा ०–२ ले हराउँदै मिलान यो सिजन पहिलोपटक टेबलको शीर्ष स्थानमा उक्लिएको हो । यसअघि एसी मिलान शीर्ष स्थानमा थियो । तर, इन्टरले एक खेल बढी खेलेर सिरानमा चढेको हो । यदि एसी मिलानले आफ्नो २१औं खेल जिते पुनः शीर्ष स्थानमा उक्लिनेछ ।

इन्टरलाई अवे मैदानमा जिताउनेक्रममा खेलको ३१औं मिनेटमा निकोलो बारेल्लाले पहिलो गोल गरेका थिए । अहिले टोलीमा महत्त्वपूर्ण खेलाडीका रूपमा रहेका उनले यस खेलमा उच्च प्रदर्शन गरेका थिए । यसअघि युभेन्टसलाई २–० ले हराउँदा पनि उनको प्रदर्शन उच्च थियो । बारेल्लाकै गोलको मदतमा इन्टरले पहिलो हाफमा ०–१ को अग्रता बनायो ।

त्यसपछि इन्टरले दोस्रो गोल खेलको ५२औं मिनेटमा हान्यो । यसपटक इभान पेरिसिचले गोल गरेर अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा थप गोल भएन । र, खेल इन्टरले ०–२ ले जित्यो । अब यो जितपछि मिलानले २१ खेलबाट ४७ अंक बनाएर शीर्ष स्थानमा चढेको छ । उसले एक खेल कम खेलेको एसी मिलानलाई १ अंकले पछि पारेको छ । पराजित फियोरेन्टिना २१ खेलपछि २२ अंकका साथ १२औं स्थानमा छ ।

प्रकाशित मिति २४ माघ २०७७, शनिबार ०९:४०
Loading...