मोड्रिच लगातार तेस्रोपटक उत्कृष्ट खेलाडी घोषित

एजेन्सी, माघ २३
स्पेनिस फुटबल क्लब रियल मड्रिडका क्रोएसियन प्ले मेकर लुका मोड्रिच लगातार बेस्ट प्लेयर घोषित भएका छन् । क्लब रियलले आज अफिसियल रूपमा उनलाई जनवरी महिनाका लागि ‘प्लेयर अफ् द मन्थ’ घोषणा गरेको हो । क्लबले हरेक महिनाको प्रदर्शनका आधारमा सिनियर टोलीका खेलाडीमध्ये एक खेलाडीलाई उत्कृष्ट खेलाडी घोषण गर्छ ।

यससँगै मोड्रिच लगातार तीन महिना प्लेयर अफ् जित्न सफल भएका छन् । यसअघि डिसेम्बर महिना र त्यसअघि नोभेम्बर महिनामा लागि पनि मोड्रिच नै प्लेयर अफ् द मन्थ घोषित भएका थिए । ३४ वर्षका मोड्रिचले रियलको टोलीमा पहिलोपटक लगातार तीनपटक महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जितेको यो पहिलोपटक हो ।

प्रकाशित मिति २३ माघ २०७७, शुक्रबार १९:५८