कोपा डेल रे ड्र : बार्सिलोना र सेभिल्ला सेमिफाइनलमै भिड्ने

काठमाडौं, माघ २३
स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपअन्तर्गत सेमिफाइनल चरणको ड्र सार्वजनिक भएको छ । आज स्पेनिस फुटबल संघले आफ्नो कार्यालयमा गरेको ड्र अनुसार कपको प्रमुख उपाधि दाबेदार टोलीहरू बार्सिलोना र सेभिल्ला सेमिफाइनलमै भिड्ने भएका छन् । फाइनल प्रवेशका लागि यी दुई टोलीले सेमिमै एकअर्कालाई पन्छाउनुपर्ने भएको छ ।

दोस्रो सेमिफाइनल खेलमा एथ्लेटिक बिल्बाओ र लेभान्टे प्रतिस्पर्धा गर्नेछन् । यसअघि क्वार्टरफाइनलमा सेभिल्लाले अल्मेरियालाई ०–१ ले हराएको थियो भने बार्सिलोनाले ग्रानाडालाई ३–५ ले हराएको थियो । त्यसैगरी, लेभान्टेले भिल्लारियललाई १–० ले हराउँदा बिल्बाओले रियल बेटिसलाई गत राति मात्रै पेनाल्टी सुटआउटमा १–४ ले हराएको थियो ।

कपको सेमिफाइनलमा होम एन्ड अवे गरी दुई लेगका खेल हुनेछन् । यसअघिका सबै चरणमा सिंगल लेगका खेल मात्रै भएका थिए । तर, सेमिफाइनलमा भने दुई लेगका खेल हुनेछन् । दुई लेगका खेलबाट एग्रीगेटमा जित निकाल्ने टोली फाइनल प्रवेश गर्नेछ ।

सेमिफाइनलअन्तर्गत पहिलो लेगका खेल नेपाली तालिकाअनुसार फेब्रुअरी १० मा हुनेछन् । पहिलो लेगको खेल बािर्सलोननले सेभिल्लाको मैदानमा खेल्नेछ । अर्को खेल बिल्बाओको मैदानमा हुनेछ । दोस्रो लेगका दुवै खेल मार्च ३ तारिखमा हुनेछन् । यसपटक प्रतियोगिताका दुई बलिया टोलीहरू एथ्लेटिको मड्रिड अन्तिम ३२ नपुगी आउट भयो भने रियल मड्रिड अन्तिम ३२ बाटै आउट भयो । दुवैलाई तेस्रो डिभिजनका क्लबले आउट गराएका हन् ।

प्रकाशित मिति २३ माघ २०७७, शुक्रबार १८:५७
Loading...