आज इन्टर मिलान फियोरेन्टिनासँग खेल्दै : शीर्ष स्थानमा उक्लिने मौका

काठमाडौं, माघ २३
इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा आज दोस्रो स्थानको इन्टर मिलानले आफ्नो २१औं साताको खेल खेल्दै छ । यो खेलका लागि इन्टरलाई ११औं स्थानको फियोरेन्टिनाले घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल नेपाली समयअनुसार आज राति ठीक १ः३० बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा इन्टर २० खेलपछि कूल ४४ अंक बनाएर दोस्रो स्थानमा रहेको छ । इन्टर हाल समान खेलपछि शीर्ष स्थानको एसी मिलानभन्दा ठीक २ अंकले पछि छ । यो सिजन मिलानले खेलेका खेलमध्ये कूल १३ खेल जितेर ५ खेल बराबरी गर्दा २ खेल पराजित भएको छ ।

यदि आज राति फियोरेन्टिनामाथि स्पष्ट जित निकाले इन्टर एक खेल बढी खेलेर यो सिजन पहिलोपटक लिगको शीर्ष स्थानमा उक्लिनेछ ! यता, आज दोस्रो स्थानको इन्टरलाई आफ्नो मैदानमा स्वागत गर्न लागेको फियोरेन्टिना २० खेलपछि २२ अंकका साथ ११औं स्थानमा छ । उसले यो सिजन मात्रै ५ खेल जित्दा ७ खेल बराबरी गरेको छ भने ८ खेल हारेको छ । आज राति आफ्नो घरमा इन्टरलाई हराउन सके फियोरेन्टिना १०औं स्थानमा चढ्नेछ ।

प्रकाशित मिति २३ माघ २०७७, शुक्रबार १८:०१
Loading...