३६औं जन्मदिनमा रोनाल्डोलाई युभेन्टसको ‘ब्लकबस्टर अफर’ : नयाँ सम्झौता हुँदै

एजेन्सी, माघ २३
इटालियन क्लब युभेन्टसले टोलीका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डासेसँग नयाँ सम्झौता गर्ने तयारी गरेको छ । इटालियन मिडियाका अनुसार पोर्चुगलका सुपरस्टारसँग क्लबले यसअघिका सम्झौता परिमार्जित गर्दै थप दुई वर्षको सम्झौता थप गर्न लागेको हो । रोनाल्डोले आज मात्रै ३६औं जन्मदिन मनाएका छन् । क्लबले उनको जन्मदिनकै अवसर पारेर नयाँ सम्झौता गर्न लागेको खबर छ । बढ्दो उमेरबीच पनि रोनाल्डोले इटालीमा उत्कृष्ट प्रदर्शन कायमै राखेका छन् ।

इटालीको पत्रिका ‘टुट्टो स्पोर्ट्स’का अनुसार युभेन्टसले रोनाल्डोसँग नयाँ सम्झौताका लागि ब्लकबस्टर अफर गरेको छ । यो सम्झौताअनुसार रोनाल्डो आफ्नो उमेर ३८ वर्षको हुँदासम्म युभेन्टसमै रहनेछन् । हाल रहेको रोनाल्डोको सम्झौता सिजन २०२१–२२ को अन्त्यसँगै सकिँदैछ । नयाँ सम्झौताले रोनाल्डोलाई सिजन २०२३–२४ सम्म क्लबमै राख्नेछ ।

हुन लागेको नयाँ सम्झौता सुधारिएर हुनेछ । जसमा रोनाल्डोले पाउने सेवा–सुविधा पनि बढाइनेछ । नयाँ सम्झौताले रोनाल्डोलाई थप आकर्षक तलब र बोनस रकम दिलाउनेछ । हाल उनले युभेन्टसबाट प्रतिसाता ५४ लाख पाउन्ड तलब पाउँदै आएका छन् । उनले क्लबबाट एक वर्षमा तलबबापत मात्रै ३२ मिलियन युरा तलब लिन्छन् । अब हुन लागेको नयाँ सम्झौताले रोनाल्डोको वार्षिक कमाइमा उल्लेख्य वृद्धि हुनेछ ।

रोनाल्डोको अनुबन्धपछि युभेन्टसको बिजनेसमा कायापलट मात्रै भएको छैन, टिम पनि ठूला उपाधिको थप दाबेदार बनेको छ । रोनाल्डो सन् २०१८ मा ११६ मिलियन युरोमा युभेन्टस पुगेकोमा दुई सिजन बित्दा पनि च्याम्पियन्स लिग जित्न सकेका छैनन् । तर, युभेन्टस अझै पनि रोनाल्डोको सहयोगमा युरोपको ठूलो प्रतियोगिता जित्ने दौडमा छ । सो लक्ष्य प्राप्तिका लागि युभेन्टसले रोनाल्डोसँग परिमार्जित नयाँ सम्झौता गर्न लागेको हो ।

युभेन्टसका तेस्रो सिजन बिताइरहेका रोनाल्डो नयाँ क्लबमा १०० गोलको नयाँ कोसेढुंगा नजिक पुगेका छन् । उनले यसै सिजन इटालियन क्लबमा १०० गोल पूरा गर्ने पक्का छ । उनले हालसम्म सबैखाले प्रतियोतिाबाट कूल ११२ खेल खेल्दै ८७ गोल र २९ गोलमा असिस्ट गरेका छन् । उनले दुई सिरी ए लिगसहित जम्मा चार उपाधि जितिसकेका छन् । युभेन्टस यो सिजन अझै पनि कोपा इटालिया, सिरी ए लिग र च्याम्पियन्स लिगको उपाधि होडमा छ ।

प्रकाशित मिति २३ माघ २०७७, शुक्रबार १७:२८
Loading...