टोटनह्यामको लगातार तेस्रो हार : चेल्सीसँग आफ्नै घरमा स्तब्ध

काठमाडौं, माघ २३
इंग्लिस प्रिमियर लिग फुटबलमा बलियो टोली टोटनह्यामले लगातार तेस्रो हार व्यहोरेको छ । गत राति भएको लिगको लिगको २१औं साताको खेलमा चेल्सीले टोटनह्यामलाई उसकै घरेलु मैदानमा ०–१ को साँघुरो अन्तले हरायो । घरेलु टोलीलाई हराउन पाहुना टोली चेल्सीले एक मात्रै विजयी गोल पेनाल्टीमार्फत् गरेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सीले खेलको २४औं मिनेटमा पेनाल्टी पाएको थियो । टोटनह्यामका डिफेन्डरले चेल्सीका खेलाडी टिमो वार्नरलाई बक्समा फउल गरेर लडाएपछि रेफ्रीले सोझै चेल्सीलाई पेनाल्टी दिएका थिए, जसमा जर्जिनिहोले गोल गर्दै टोटनह्यामविरुद्ध ०–१ को अग्रता दिलाएका थिए ।

पेनाल्टी गोल खाएर पछि परेको टोटनह्याम त्यसपछि खेलमा फर्किन सकेन । उसले पहिलो हाफको बाँकी समय र दोस्रो हाफको पूरै समयमा समेत गोल निकाल्न नसकेपछि खेल टोटनह्यामले ०–१ ले जित्यो । यो हारसँगै टोटनह्याम लिगका पछिल्ला तीन खेलमा लगातार पराजित भएको छ भने चेल्सीले लगातार दोस्रो जित निकालेको छ । चेल्सी अब २२ खेलपछि ३६ अंकसहित छैटौं स्थानमा चढ्दा टोटनह्याम भने २१ खेलपछि ३६ अंकका साथ सातौं स्थानमा यथावत छ ।

प्रकाशित मिति २३ माघ २०७७, शुक्रबार ०८:२२
Loading...