मेस्सी ‘दशककै सर्वोत्कृष्ट’ खेलाडी घोषित : सूची हेरौं

एजेन्सी, माघ २२
स्पेनिस फुटबल क्लब बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सी पछिल्लो दशकका लागि साउथ अमेरिकी क्षेत्रबाट सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ३४ वर्षका मेस्सीलाई ‘आईएफएफएचएस’ले सन् २०११–२०२० सम्मको अवधिका लागि साउथ अमेरिकी महादेशबाट सर्वश्रेष्ठ खेलाडी घोषणा गरेको हो । यसअघि सोही संस्थाले मेस्सीलाई ‘बेस्ट प्लेर मेकर अफ् द डिकेड’ घोषणा गरेको थियो ।

तीन सातापछि सोही संस्थाले मेस्सीलाई महादेशस्तरबाट दक्षिण अमेरिकी महादेशका खेलाडीमध्ये उत्कृष्ट घोषित गरेको हो । सो संस्थाले मेस्सीलाई ‘द बेस्ट साउथ अमेरिकन प्लेयर अफ् द डिकेड’ अवार्डले सम्मानित गर्नेछ । साउथ जोनबाट मेस्सी १ नम्बरमा रहँदा बार्सिलोनाका पूर्व तथा हाल फ्रेन्च क्लब पिएसजीमा रहेका ब्राजिलियन नेइमार दोस्रो स्थानमा रहेका छन् । त्यसपछि तेस्रो स्थानमा बार्सिलोनाका पूर्व तथा ब्राजिलकै खेलाडी ड्यानी आल्भेस छन् । मेस्सी पहिलो स्थानमा रहँदा नेइमार र आल्भेस टप–३ मा रहे ।

‘आईएफएफएचएस’ ले पछिल्लो दशकमा खेलाडीको व्यक्तिगत सफलता, व्यक्तिगत तथ्यांक र उपाधिलाई उत्कृष्ट खेलाडी छान्ने मापदण्ड बनाएको जनाएको छ । उत्कृष्ट खलाडी घोषित भएका मेस्सीले बार्सिलोनाबाट पछिल्लो दशकमा ६ ला लिगा र दुई च्याम्पियन्स लिग उपाधि जितेका छन् । तर, उनले अन्तर्राष्ट्रिय फुटबलमा भने सिनियर टोलीका लागि कुनै उपाधि जित्न सकेका छैनन् ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार २१:३२
Loading...