प्रिमियर लिगमा आज टोटनह्याम र चेल्सीको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, माघ २२
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज एक रोमाञ्चक खेल हुँदैछ, जहाँ सातौं स्थानको टोटनह्याम र आठौं स्थानको चेल्सी सिजनको दोस्रो खेल खेल्न आमनेसामने हुँदैछन् । यो खेल टोेटनह्यामको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा टोटनह्याम २० खेल खेलेर ३३ अंकसहित टेबलको सातौं स्थानमा छ । उसले यो सिजन ९ खेल जित्दा ६ खेल बराबरी गरेको छ भने ५ खेल हारेको छ । केही समयअघिसम्म टप–३ मा रहेको टोटनह्याम अहिले खराब अवस्थामा छ । उसले पछिल्ला दुई खेलमा लगातार हार व्यहोरेको छ । आज आफ्नो घरमा उत्रिँदा टोटनह्याम स्पष्ट जितको खोजीमा हुनेछ । जितेको खण्डमा उसले एक स्थान सुधार गर्नेछ ।

यता, चेल्सी पनि यो सिजन खराब अवस्थामै छ । नयाँ प्रशिक्षकमा थोमस टुचेल आएपछि चेल्सीले एक खेल बराबरी गरेर १ खेल जितेको छ । उसले हासलम्म ९ खेल जितेर ६ खेल बराबरी गर्दा ६ खेल नै हारेको छ । हालकै अवस्थामा टप–४ मा रहन पनि संघर्ष गर्नुपर्ने अवस्थामा रहेको चेल्सी आज अवे मैदानमा टोटनह्यामविरुद्ध खेल्दा सुखद् नतिजाको खोजीमा हुनेछ ।

यसअघि गत नोभेम्बर महिनामा भएको सिजनको पहिलो खेल ०–० मा सकिएको थियो । सो खल चेल्सीको मौनमा भएको थियो । आज लिगको दोस्रो लेगको खेल खेल्दा दुवै टोलीमाथि उत्तिकै दबाब हुनेछ । यो खेललाई निकै महत्त्वसाथ हेरिएको छ ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार १२:१३
Loading...