लिग वानमा पिएसजीको प्रभावशाली जित

काठमाडौं, माघ २२
फ्रेन्च लिग वान फुटबलमा पिएसजीले प्रभावशाली जित निकालेको छ । गत राति भएको लिगको २३औं साताको खेलमा पिएसजीले आफ्नो घरेलु मैदानमा निमेजमाथि ३–० को प्रभावशाली जित निकाल्यो । पिएसजीको जितमा ३ जना खेलाडीले गोल गरे । प्रमुख फरवार्ड नेइमारबिनै उत्रिएको पिएसजीका लागि पहिलो गोल खेलको १८औं मिनटमा एन्जल डि मारियाले गरेका थिए ।

त्यसपछि दोस्रो गोल खेलको ३६औं मिनेटमा पाब्लो सराबियाले गरे । उनको गोलमा डि मारियाले असिस्ट दिएका थिए । त्यसपछि पिएसजीले तेस्रो गोल खेलको ६८औं मिनेटमा हान्यो । यसपटक केलियन एमबाप्पेले लियान्द्रो पाराडेसको पासमा गोल गरेर खेल ३–० बनाए । त्यसपछि बाँकी समयमा थप गोल भएन । र, खेल पिएसजीले जित्यो ।

अब यो जितपछि पिएसजीले २३ खेलबाट कूल ४८ अंक जोडेको छ । पिएसजी तेस्रो स्थानमा छ । पिएसजी अझै समान खेल खेलेको लिग डिर लिलेभन्दा ३ अंकले पछि नै छ । यता, पराजित निमेज १५ अंकसहित सबैभन्दा पुछार १५औं स्थानमा रहेको छ ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार ०९:५४
Loading...