कोपा डेल रे : साँघुरो जित निकाल्दै सेभिल्ला सेमिफाइनल प्रवेश

काठमाडौं, माघ २१
सेभिल्ला स्पेनिस नकआउट क्लब फुटबल कोपा डेल रे कपको सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको क्वार्टरफाइनल खेलमा सेभिल्लाले तल्लो डिभिजनको टिम अल्मेरियालाई उसकै घरेलु मैदानमा ०–१ ले हराएर सेमिफाइनलको बाटो यत गरेको हो । यो क्वार्टरफाइनल चरणको पहिलो खेल थियो ।

अवे मैदानमा पाहुना टोली सेभिल्लालाई जिताउन १ मात्रै विजयी गोल खेलको ६७औं मिनेटमा लुकास ओकाम्पसले गरे । उनले सुसोको पासमा सो गोल गरेका थिए । अन्ततः सेभिल्लाले सोही गोल बचाएर खेल ०–१ ले जित्यो । घरेलु टोलीले खेलभरिमा जम्मा १ मात्रै प्रहार अन टार्गेट हान्दा उसले गोल निकाल्न सकेन । र, प्रतियोगितोको बाँकी यात्रा उसले सेभिल्लालाई सुम्पियो ।

प्रकाशित मिति २१ माघ २०७७, बुधबार ०३:५१
Loading...