स्वारेज सर्वाधिक गोलकर्तामा उक्लिए : मेस्सी पछि–पछि

काठमाडौं, माघ १९
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्टार फरवार्ड लुइस स्वारेज घरेलु लिग ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा चढेका छन् । गत राति एथ्लेटिकोले क्याडिजलाई उसकै घरेलु मैदानमा २–४ ले हराउनेक्रममा स्वारेजले २ गोल गरेका थिए । सो गोलसँगै जारी सिजन स्वारेजले ला लिगामा गरेको कूल गोल संख्या १४ पुगेको छ, जुन सबैभन्दा धेरै हो ।

क्याडिजविरुद्ध स्वारेजले खेलको २८औं मिनेटमा फ्रि किकमार्फत् पहिला गोल गरेका थिए भने त्यसपछि ५८औं मिनेटमा दोस्रो गोल पेनाल्टीमार्फत् गरेका थिए । यी २ गोलले स्वारेजलाई अहिले लिगको सर्वाधिक गोलकर्ताको सूचीमा चढाएको हो । स्वारेजले कूल १६ खेल खेल्दै १४ गोल र २ गोलमा असिस्ट गरेका छन् ।

गत समर सिजनमा बार्सिलोनाले स्वारेजलाई फ्री ट्रान्सफरमा एथ्लेटिको पठाएको थियो । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजलाई आफ्नो योजनामा नराखेपछि स्वारेज चाहनाबिपरीत बाध्य भएर बार्सिलोना छाड्न बाध्य भएका थिए । तर, फ्रीमा एथ्लेटिको पुगेका स्वारेज आज लिगकै सर्वाधिक गोलकर्ताको दौडमा सबैभन्दा अगाडि छन् । हालकै अवस्थामा उनी पिचिची अवार्डकोे दौडमा उनी टपमा छन् । स्वारेजले अहिले आफ्ना पूर्वसहकर्मी बार्सिलोनाका लिओनल मेस्सीलाई समेत गोल संख्यामा पछि पारेका छन् ।

यस्तो छ ला लिगामा सर्वाधिक गोलकर्ताको ताजा अवस्था:

लुइस स्वारेज – १४ गोल (१६ खेल)
लिओनल मेस्सी – १२ गोल (१८ खेल)
युसेफ इन नेश्री – १२ गोल (२० खेल)
करिम बेन्जेमा – १० गोल (१८ खेल)
जेरार्ड मोरेनो – १० खेल (१६ खेल)

प्रकाशित मिति १९ माघ २०७७, सोमबार ११:१३
Loading...