पहिलो हाफमा बार्सिलोना १–० ले अघि : मेस्सीले गरे ‘ट्रेडमार्क’ गोल

काठमाडौं, माघ १९
स्पेनिस ला लिगा फुटबलमा अहिले बार्सिलोना र एथ्लेटिक बिल्बाओको खेल जारी छ । घरेलु मैदान क्याम्प नोउ रंगशालामा जारी खेलको पहिलो हाफमा बार्सिलोनाले १–० को अग्रता बनाएको छ । आफ्नो मैदानमा सुरुआतबाटै आक्रामक खेल खेलेको बार्सिलोनाका लागि २०औं मिनेटमा कप्तान लिओनल मेस्सीले फ्रि किकमार्फत् गोल गरे । बक्सभन्दा केही बाहिरबाट मेस्सीले हानेको प्रहारले माथिल्लो बार च्यापेर सोझै जाली चुमेको थियो ।

आजको खेलमा गरेको फ्रि किक गोल मेस्सीले बार्सिलोनाको करिअरमा गरेको ४८औं फ्रि किक गोल थियो । फ्रि किक गोल गर्नुअघि मेस्सीले दुई अवसर पाए पनि ती दुवै अवसरमा उनी चुकेका थिए । तर, फ्रि किकमा उनले आफ्नो ट्रेडमार्क स्टाइलमा दर्शनीय गोल गरेर टिमलाई अग्रता दिलाए । यसअघि सुपर कपको फाइनलमा बिल्बाओविरुद्धकै खेलमा मेस्सीले रातो कार्ड खाएर थप दुई खेलको प्रतिबन्धमा परेका थिए ।

प्रकाशित मिति १९ माघ २०७७, सोमबार ०२:३०
Loading...