सर्वाधिक गोलमा रोनाल्डोलाई लुकाकुको टक्क्कर : यस्तो छ ताजा अवस्था

काठमाडौं, माघ १८
इटालियन सिरी ए लिगको सर्वाधिक गोलकर्तामा युभेन्टसका क्रिस्टियानो रोनाल्डो र इन्टर मिलानका रोमेलु लुकाकुबीच प्रतिस्पर्धा बढेको छ । कुनैबेला निकै अघि रहेको रोनाल्डोलाई अहिले लुकाकुले नजिकबाट टक्कर दिइरहेका छन् । गत राति इन्टर मिलानले बेनेभेन्टोलाई ४–० ले हराउनेक्रममा २ गोल गरेपछि लुकाकुले रोनाल्डोसँगको गोल अन्तर १ मा छोट्याएका हुन् । हिजोको खेलमा उनले २ गोल गर्दा रोनाल्डो भने गोलविहीन बने ।

ताजा अवस्थामा ३६ वर्षका पोर्चुगिज फरवार्ड रोनाल्डो १५ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । लुकाकु उनीभन्दा मात्रै १ गोलले पछि छन् । लुकाकुका नाममा कूल १४ गोल छ । बेनेभेन्टोसँगको २ गोलले लुकाकुलाई रोनाल्डो नजिक पुराएको हो । यता, लिगका सुरुआती खेलमा राम्रो गतिमा गोल गरेका रोनाल्डो अहिले भने लगातार गोलको खडेरीमा छन् । उनले लिगका पछिल्ला ४ खेलमा १ गोल पनि गर्न सकेका छैनन् ।

जसका कारण रोनाल्डोको सर्वाधिक गोलकर्तामा लिड गुम्न सम्भावना बढेको छ । आफू लगातार गोलविहीन बनेको अवस्थामा लुकाकुले लगातार गोल गरेर उनलाई टक्कर दिइरहेका छन् । कुनैबेला सर्वाधिक गोलमा रोनाल्डो लुकाकुभन्दा ४ गोलले अघि थिए । तर, अहिले मात्रै १ गोलको अन्तर छ । पछिल्ला ४ खेलमा गोलविहीन बन्दा रोनाल्डो १५ गोलमै अड्किएका छन् । उनले पछिल्ला ५ खेलमा मात्रै १ गोल गरेका छन् । हालको अवस्थामा रोनाल्डोले १६ खेबलबाट १५ गोल गरेका छन् भने लुकाकुले १९ खेलबाट १४ गोल गरेका छन् । अहिले लिगमा ८ जना खेलाडीले १० वा सोभन्दा बढी गोल गरेर शीर्ष स्थानमा छन् ।

यस्तो छ सर्वाधिक गोलकर्ताको सूची:

प्रकाशित मिति १८ माघ २०७७, आईतवार १६:३४
Loading...