ला लिगामा बार्सिलोना–बिल्बाओ भिड्दै : एथ्लेटिकोको खेल पनि आजै

काठमाडौं, माघ १८
स्पेनिस ला लिगा फुटबलमा आज केही महत्त्वपूर्ण खेलहरू हुँदैछन् । आज हुने खेलमध्ये बार्सिलोना र एथ्लटिको मड्रिडले आ–आफ्नो खेल खेल्दैछन् । जसमा लिग लिडर एथ्लेटिकोले १९औं साताको क्याडिजको सामना गर्नेछ भने बार्सिलोनाले बिल्बाओको सामाना गर्नेछ । आजै ग्रानाडा र सेल्टा भिगो तथा गेटाफे र अलाभेसको खेल पनि हुनेछ । आज धेरैको ध्यान एथ्लेटिको र बार्सिलोनाको खेलमाथि हुनेछ ।

यो सिजन स्पष्ट रूपमा उपाधि होडमा रहेको एथ्लेटिको आज लिगको १९औं साताको खेल अवे मैदानमा क्याडिजसँग खेल्दै छ । यो सिजन हालसम्म जम्मा मात्रै एक खेल हारेको उसले १८ खेलबाट कूल ४७ अंक बनाएको छ । ताजा स्थितिमा एथ्लेटिको दोस्रो स्थानको रियल मड्रिडभन्दा ७ र चौथो स्थानको बार्सिलोनाभन्दा ठीक १० अंकले अघि रहेको छ । तैपनि, एथ्लेटिकोले अझै रियलभन्दा २ र बार्सिलोनाभन्दा १ खेल कम खेलेको छ ।

यो सिजन लिगमा कमजोर अवस्थामा रहेको बार्सिलोना आज आफ्नो घरेलु मैदानमा १०औं स्थानको बिल्बाओविरुद्ध खेल्दा ठूलो दबाबमा हुनेछ । बिल्बाओ त्यही टिम हो, जसले यसअघि स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनालाई नै हराएर उपाधि जितेको थियो । आज सोही टिमलाई बार्सिलोनाले क्याम्प नोउ रंगशालामा ला लिगा खेलमा स्वागत गर्दैछ । आजका खेल दुवै टोलीका लागि दबाबपूर्ण हुनेछन् । ज्यादा दबाब भने घरेलु टोली बार्सिलोनामाथि हुनेछ ।

यता, बार्सिलोनाका कप्तान लिओनल मेस्सी आजकै खेलबाट लिगमा कमब्याक गर्दैछन् । यसअघि सुपर कपको फाइनलमा बिल्बाओविरुद्धकै खेलमा रातो कार्ड पाएका मेस्सी दुई खेलको प्रतिबन्ध पारेर गरेर ला लिगामा आज रातिबाट कमब्याक गर्न लागेका हुन् । यसअघि उनले कोपा डेल रे कपमा एक खेलिसकेका छन् । तर, रातो कार्डपछि ला लिगामा उनले आज राति बिल्बाओविरुद्ध नै खेल्दैछन् । उपाधि भिडन्तमा रातो कार्डपछि अनुशासनको कारबाही भोगेर खुला भएका मेस्सीले सोही टिमविरुद्ध कमब्याक गर्दा व्यक्तिगत रूपमा दबाबमा हुनेछन् ।

यस्तो छ ला लिगाको ताजा अंक तालिका:

आजका खेल नेपाली समयमा

गेटाफे भर्सेस अलाभेस – साँझ ६ः४५ बजे
क्याडिज भर्सेस एथ्लेटिको मड्रिड – राति ९ बजे
ग्रानाडा भर्सेस सेल्टा भिगो – राति ११ः१५ बजे
बार्सिलोना भर्सेस एथ्लेटिक बिल्बाओ – राति १ः४५ बजे

प्रकाशित मिति १८ माघ २०७७, आईतवार १०:०४
Loading...