बार्सिलोनालाई उछिन्दै सेभिल्ला ला लिगाको तेस्रो स्थानमा चढ्यो

काठमाडौं, माघ १७
सेभिल्ला स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा चढेको छ । आज शनिबार भएको खेलमा सेभिल्लाले एइबारमाथि ०–२ को सहज जित निकाल्दै दोस्रो स्थानमा चढेको हो । पछिल्ला तीन खेलमा लगातार जित निकालेको सेभिल्लाले बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थान ओगटेको हो । तर, सेभिल्लाले बार्सिलोनाको भन्दा एक खेल बढी खेलेको छ । बार्सिलोनाले भोलि आफ्नो खेल खेल्नेछ ।

सेभिल्लाले एइबारलाई उसकै घरेलु मैदानमा हराउनेक्रममा २ जनाले गोल गरे । पहिलो गोल खेलको २८औं मिनेटमा लुकास ओकाम्पसले पेनाल्टीमार्फत् गरेका थिए । पाएको पेनाल्टीमा अर्जेन्टिनी खेलाडीले कुनै गल्ती नगरी बललाई जाली चुमाएपछि घरेलु टोली पछि परेको थियो । त्यसपछि पाहुना टोलीले दोस्रो गोलका लागि दोस्रो हाफसम्म पखिर्नु परेको थियो । खेलको ५५औं मिनेटमा जोआन जोर्डनले गोल गरेर खेल ०–२ बनाएका थिए ।

त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि सेभिल्लाले क्लिन सिटसहितको ०–२ को जित निकाल्यो । अब यो जितपछि सेभिल्लाले लिगका २० खेलबाट कूल ३९ अंक जोडेको छ । ऊ दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको अवस्थामा सेभिल्ला बार्सिलोनाभन्दा २ अंकले अघि छ । यता, आफ्नै मैदानमा सेभिल्लासँग पराजित एइबार भने २१ खेलपछि २० अंक बनाएर १५औं स्थानमा रहेको छ ।

प्रकाशित मिति १७ माघ २०७७, शनिबार ११:३७
Loading...