कोपा डेल रे कप : क्वार्टरफाइनलको ड्र घोषणा

काठमाडौं, माघ १६
स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपअन्तर्गत अन्तिम आठको ड्र घोषणा भएको छ । स्पेनिस फुटबल संघले आज आफ्नो कार्यालयमा एक कार्यक्रमबीच क्वार्टरफाइनल चरणको ड्र सार्वजनिक गरेको हो । सार्वजनिक भएको ड्र अनुसार बार्सिलोनाले ला लिगा टोली ग्रानाडालाई आफ्नो प्रतिस्पर्धी पाएको छ । त्यसैगरी, अर्को बलियो टोली सेभिल्लाले भने तल्लो डिभिजनको टिम अल्मेरियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

यसपटक दुई ठूला टोलीहरू एथलेटिको मड्रिड र रियल मड्रिड भने निकै चाँडै प्रतियोगिता आउट भए । एथ्लेटिको अन्तिम ३२ नपुग्दै दोस्रो राउन्डबाटै आउट भयो भने रियल मड्रिड अन्तिम ३२ बाटै आउट भयो । यी दुई ठूला टोली आउट भएपछि अब बार्सिलोना र सेभिल्लालाई कपको प्रमुख उपाधि दाबेदार टिम मानिएको छ । यी दुवै टोली अन्तिम आठमा छन् । अन्तिम आठमा प्रवेश गरेका मध्ये अल्मेरिया मात्रै तल्लो डिभिजनको टिम हो भने बाँकी सबै शीर्ष लिगका टोली हुन् ।

यस्तो छ क्वार्टरफाइनलको ड्र

Granada vs Barcelona

Real Betis vs Athletic Club

Levante vs Villarreal

Almería vs Sevilla

कोपाको अन्तिम आठमा सिंगल लेगका खेल मात्रै हुनेछन् । सेमिफाइनलमा भने होम एन्ड अवे गरी दुई लेगका खेल खेलाइनेछ । अब अन्तिम आठका खेलहरू फेब्रुअरी २, ३ र ४ तारिखमा खेलाइनेछ । फुटबल संघले ३ दिनभित्रमा खेलको समय तय गर्नेछ । अहिले खेल समय भने तय भएको छैन । क्वार्टरफाइनलका खेल सकिएपछि भोलिपल्ट सेमिफाइनलको ड्र घोषणा हुनेछ ।

प्रकाशित मिति १६ माघ २०७७, शुक्रबार १९:११
Loading...