कोपा इटालियाको सेमिफाइनल ड्र तय : खेल तालिका र थप जानकारी

काठमाडौं, माघ १६
इटालीको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियाअन्तर्गत सेमिफाइनल चरणको ड्र तय भएको छ । गत राति क्वार्टरफाइनलको अन्तिम खेलमा नापोलीले स्पेजियालाई आफ्नो घरमा ४–२ ले हराएसँगै सेमिफाइनल पुग्ने ४ वटै टोलीको टुंगो लागेको हो । नापोली सेमिफाइनल पुग्ने चौथो टिम हो । घरेलु मैदानमा सहज जित निकाल्दै बलियो टोली नापोलीले आफूलाई उपाधितर्फ अघि बढाउन सफल भयो । नापोली यसअघि सुपर कपको फाइनलमा युभेन्टससँग पराजित भएको थियो ।

यसपटक कोपाको अन्तिम चारमा सिरी ए लिगका ४ ठूला टोलीहरूले प्रतिस्पर्धा गर्ने भएका छन् । फाइनल प्रवेशका लागि नापोली, एटलान्टा, इन्टर मिलान र युभेन्टसले प्रतिस्पर्धा गर्नेछन् । यसपटक अन्य उपाधि दाबेदार टिमहरू लाजियो, एसी मिलानजस्ता ठूला टिम भने अन्तिम आठबाटै आउट भएका छन् । एसी मिलानलाई इन्टर मिलानले आउट गराउँदा र लाजियोलाई एटलान्टाले हराएर उपाधि होडबाट बाहिर पठाएको हो ।

यस्तो रह्यो क्वार्टरफाइनल चरणको अन्तिम नतिजा

सेमिफाइनलमा होम एन्ड अवे लेग हुने

कोपा इटालियामा यसअघिका चरणमा एक मात्रै खेल अर्थात् सिंगल लेगका खेलहरू भए । तर, सेमिफाइनल चरणमा भने होम एन्ड गरी अवे गरी दुई लेगका खेलका हुनेछन् । युरोपका सबै कप प्रतियोगिताको सेमिफाइनलमा दुई लेगका खेल हुने नयाँ नियम अहिले छ । त्यसो हुँदा सेमिफाइनलमा आफ्नो घर र अवे मैदानमा गरी २–२ खेल हुनेछन् । होम एन्ड अवे गरी एग्रीगेटमा जित निकाल्ने दुई टिमले फाइनलमा स्थान तय गर्नेछन् । सेमिफाइनलमा स्पष्ट गोलअन्तरले हार–जित तय गर्नेछ भने दुवै लेगपछि गोल संख्या बराबरी भए अवे गोलले हार–जित तय गर्नेछ ।

अब प्रतियोगिताको फाइनल प्रवेशका लागि सेमिफाइनलका दुवै खेलमा ठूला टोलीको भिडन्त हुनेछन् । एक खेलमा नापोली र एलान्टा भिड्नेछन् भने अर्को खेलमा इन्टर मिलान र युभेन्टस भिड्नेछन् । यी ४ वटै टिम जारी सिजन सिरी ए लिगको उपाधि होडमा रहेका टिम पनि हुन् । अब यी ४ टिममध्ये २ टिम फाइनल प्रवेश गरेर उपाधिका लागि प्रतिसपर्धा गर्नेछन् । दुवै सेमिफाइनलमा खेलमा बलिया टोलीहरू खेल्ने भएकाले यी दुवै खेल प्रतीक्षाका खेल बनेका छन् ।

पहिलो लेगका सेमिफाइनल खेल

नापोली भर्सेस एटलान्टा – बुधबार, फेब्रुअरी ३
इन्टर मिलान भर्सेस युभेन्टस – बधुबार, फेब्रुअरी ३

दोस्रो लेगका सेमिफाइनल खेल

एटलान्टा भर्सेस नापोली – बुधबार, फेब्रुअरी १०
युभेन्टस भर्सेस इन्टर मिलन – बुधबार, फेब्रुअरी १०

प्रकाशित मिति १६ माघ २०७७, शुक्रबार १७:५३
Loading...