दोस्रो स्थानको युनाइटेड २०औं स्थानको सेफिल्डको सिकार : गुम्यो शीर्ष स्थान

काठमाडौं, माघ १५
इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर युनाइटेड अप्रत्यासित हारको सिकार भएको छ । लिगको २०औं साताको खेलमा युनाइटेडलाई आफ्नै घरेलु मैदानमा पाहुना टोली २०औं स्थानको सेफिल्ड युनाइटेडले १–२ ले स्तब्ध बनायो ।

यससँगै युनाइटेडले लिगको शीर्ष स्थानमा चढ्ने मौका मात्रै गुमाएको छैन, उसले म्यानचेस्टर सिटीलाई उपाधि होड पनि हातमा थमाइदिएको छ । यो खेल जितेको भए युनाइटेड शीर्ष स्थानमा चढ्ने थियो । बराबरी मात्रै हुँदा पनि सिटीसँग अंक बराबरी हुनेथियो । युनाइटेड अब सिटीभन्दा एक खेल बढी खेलेको अवस्थामा पनि १ अंकले पछि परेको छ ।

प्रकाशित मिति १५ माघ २०७७, बिहीबार ०४:०४
Loading...