साबिक च्याम्पियन आर्सनल एफ कपबाट आउट

काठमाडौं, माघ १०
गत सिजनको एफए कप च्याम्पियन आर्सनल यस सिजनको उपाधि होडबाट आउट भएको छ । आज भएको चौथो राउन्डको खेलमा आर्सनललाई साउथह्यापटनले १–० ले हराउँदै स्तब्ध बनाएर उपाधिको होडबाट बाहिर पठाएको हो । आर्सनल गत सिजन २०१९–२० को कप च्याम्पियन टोली हो । तर, यसपटक आर्सनलले आफूलाई चौथो राउन्डभन्दा अघि बढाउन सकेन । प्रिमियर लिग टोली साउथह्यामपटसँग आत्मघाती गोलका कारण आर्सनल पराजित भयो ।

खेलको २४औं मिनेटमा आर्सनलका डिफेडर ग्याब्रिएलले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनल खेलमा पछि परेको थियो । आत्मघाती गोल खाएपछि बाँकी समयभरि नै आर्सनलले गोल गर्न नसकेपछि उपहार गोलको मदतमा साउथह्यामपटनले खेल १–० ले जित्यो । आर्सनलले खेलभरि ११ पटक आक्रमण बुने पनि १ गोल पनि गर्न नसक्दा आर्सनलको उपाधि यात्रा चौथो राउन्डमै टुंगियो ।

प्रकाशित मिति १० माघ २०७७, शनिबार २०:१९
Loading...