मोन्चेङ्लाडवाचद्वारा डर्टमुन्डको धुलाइ : हल्यान्डको २ गोलले टरेन हार

काठमाडौं, माघ १०
जर्मन लिग बुन्डेसलिगाको उपाधि होडमा रहेको बोरुसिया डर्टमुन्ड अर्को खराब नतिजाको सिकार भएको छ । गत राति भएको लिगको १८औं साताको खेलमा डर्टमुन्डलाई अर्को उपाधि दाबेदार टोली मोनचेङ्लाडवाचले ४–२ ले स्तब्ध बनायो । यो हारसँगै डर्टमुन्डलाई अब उपाधि होडमा निकै कठिनाइ बढेको छ ।

रोमाञ्च्क खेलमा मोन्चेङ्लाडवाचको घरमा डर्टमुन्डले पछि परेको अवस्था उल्टाएर लिड गरे पनि त्यसपछि अग्रता जोगाउन सकेन । घरेलु टोली मोन्चेङ्लाडवाचका लागि खेलको ११औं मिनेटमा निचो इएलभेडीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको २२औं मिनेटमा अर्लिङ हल्यान्डले गोल गर्दै खेल १–१ बनाए ।

लगत्तै खेलको २८औं मिनेटमा हल्यान्डले नै दोस्रो गोल गरेर घरेलु टोलीलाई १–२ ले पछि परे । हल्यान्डका २ वटै गोलमा जाडोन सान्चोले असिस्ट गेका थिए । त्यसपछि खेलको ३२औं मिनेटमै मोन्चेङ्लाडवाच खेलमा फर्कियो । इएलभेडीले नै गोल गरेर खेल २–२ को बराबरीमा ल्याए ।

त्यसपछि मोन्चेङ्लाडवाचले दोस्रो हाफमा २ गोल थपेर खेल जित्यो । ४९औं मिनेटमा रेमी बेन्सेबैनीले गोल गरेर मोन्चेङ्लाडवाचलाई ३–२ को अग्रता दिलाएर जितको बाटो देखाएका थिए । तेस्रो गोल खाएपछि लगातार खेलमा फर्किन संघर्षरत डर्टमुन्ड त्यत्तिबेला स्तब्ध बन्यो, जब खेलको ७८औं मिनेटमा मार्कुस थारुमले गोल गरेर खेल ४–२ बनाए । सो गोल खाएपछि डर्टमुन्ड खेलमा फर्किन सकेन । र, खेल मोन्चेङ्लाडवाचले ४–२ ले जित्यो ।

अब यो हारपछि डर्टमुन्ड १८ खेलपछि मात्रै २९ अंक बनाएर पाँचौं स्थानमा झरेको छ । ऊ अब एक खेल कम खेलेको लिग लिडर बार्यन म्युनिखभन्दा ठीक १० अंकले पछि परिसकेको छ । बार्यनले बाँकी खेल पनि जिते डर्टमुन्ड १३ अंकले पछि पर्नेछ । यता, विजयी मोन्चेङ्लाडवाच भने १८ खेलपछि ३२ अंक बनाएर चौथो स्थानमा चढेको छ ।

प्रकाशित मिति १० माघ २०७७, शनिबार ०७:५८
Loading...