लिग वान : पिएसजीको शानदार जितमा नेइमार र एमबाप्पे चम्किए

काठमाडौं, माघ १०
स्टार खेलाडीत्रय केलियन एमबाप्पे, नेइमार र माउरो इकार्डी चम्किँदा फ्रेन्च क्लब पिएसजीले लिग वान फुटबलमा प्रभावशाली जित निकालेको छ । गत राति भएको लिगको २१औं साताको खेलमा पिएसजीले १० खेलाडीमा सीमित मोन्टेपेलिएरलाई ४–० ले स्तब्ध बनायो ।

पिएसजीको जितमा एमबाप्पेले २ गोल गरे भने नेइमार र माउरो इकार्डीले १–१ गोल गर्दै १–१ गोलमा असिस्टसमेत गरे । पाहुना टोली मोन्टेपेलिएर खेलको १९औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । जोन्स ओमलिन सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए ।

पिएसजीका लागि खेलको ३४औं मिनेटमा एमबाप्पेले एन्जल डि मारियाको पासमा पहिलो गोल गरेका थिए । त्यसपछि दोस्रो खेलको ६०औं मिनेटमा एमबाप्पेको पासमा नेइमारले गोल गरे । त्यसपछि लगत्तै अर्को मिनेटमै इकार्डीले गोल गरेपछि पिएसजी फराकिलो जिततर्फ अघि बढेको थियो ।

तेस्रो गोल गरेको ३ मिनेटमै एमबाप्पेले इकार्डीको पासमा गोल गरेपछि खेल पिएसजीले खेल ४–० ले जित्यो । अब यो जितपछि पिएसजी २१ खेलपछि ४५ अंक बनाएर शीर्ष स्थानमा रहेको छ । पराजित मोन्टेपेलिएर २१ खेलपछि २८ अंकसहित ११औं स्थानमा छ ।

प्रकाशित मिति १० माघ २०७७, शनिबार ०७:३३
Loading...