हेभिवेट भिडन्त : यस्तो हुनेछ आज राति इन्टर मिलान र युभेन्टसको प्लेइङ–११

काठमाडौं, माघ ४
इटालियन सिरी ए लिग फुटबलमा आज राति सिजनकै एक ठूलो खेलमा साबिक च्याम्पियन युभेन्टस र यो सिजन उपाधि होडमा रहेको इन्टर मिलान आमनेसामने हुँदैछन् । लिगका दुई बलिया टोली सिजनको पहिलो लिगको खेलमा एकअर्काविरुद्ध उत्रिँदा यो खेलमाथि धेरैको चासो छ । खेल नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट इन्टर मिलानको घरेलु मैदानमा सुरु हुनेछ ।

आज रातिको खेल युभेन्टस र मिलान दुवैका लागि ज्यादै महत्त्वूपर्ण छ । मिलान यो खेल जितेर लिगको शीर्ष स्थानमा उक्लिने दाउमा छ । यता, युभेन्टस शीर्ष स्थानका दुई टोलीसँग अंक दूरी घटाउन र उपाधि होडमा अघि बढ्न आजको खेल जित्नैपर्ने दबाबमा छ । उपाधि होडमा महत्त्वपूर्ण रहेको यस खेलमा आज दुवै टिमले पहिलो रोजाइका खेलाडी उतार्नेछन् ।

आजको खेलमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले फरवार्ड लाइन सम्हाल्नेछन् । पाउलो डिबाला चोटका कारण अझै केही समय टोलीबाहिर रहनेछन् । युभेन्टसको फरवार्ड लाइनमा पर्याप्त खेलाडी नभएकाले टोलीलाई विङ र मिडफिल्डले आक्रमण लाइनमा सघाउनेछ । जसमा आज रोनाल्डो र मोराटालाई फेडरिको किइजा र वेस्टन म्याकेनीमध्ये एकले सुरुआतबाटै सघाउनेछन् ।

यता, घरेलु टोली मिलानको टोलीमा आज सबैजसो प्रमुख खेलाडी उपलब्ध छन् । टोलीमा अर्टुरो भिडाल, रोमेलु लुकाकु, लौटारो मार्टिनेज सबै उपलब्ध हुनेछन् ।

Inter Milan possible starting lineup:
Handanovic; Skriniar, De Vrij, Bastoni; Hakimi, Barella, Brozovic, Vidal; Young; Martinez, Lukaku

Juventus possible starting lineup:
Szczesny; Danilo, Demiral, Bonucci, Frabotta; Chiesa, Rabiot, Bentancur, Ramsey; Morata, Ronaldo

प्रकाशित मिति ४ माघ २०७७, आईतवार १८:५७
Loading...