११९औं मिनेटमा विजयी गोल गर्दै इन्टर मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा

काठमाडौं, पुस २९
इन्टर मिलान इटालियन कोपा इटालिया नकआउट फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । आज बुधबार राति भएको अन्तिम १६ को खेलमा इन्टरले सिरी ए प्रतिस्पर्धी फियोरेन्टिनामाथि १–२ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । यससँगै मिलान अन्तिम आठमा पुग्ने दोस्रो टिम बनेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा मिलानका लागि सब्सिच्युट खेलाडी रोमेलु लुकाकुले अतिरिक्त समयमा गोल गरेका थिए । उनले ९० मिनेटपछि थपिएको ३० मिनेटको अन्तिम समय ११९औं मिनेटमा गोल गरेर खेललाई पेनाल्टीसम्म पुग्न नदिई अन्तिम आठको बाटो पक्का गरे । फियोरेन्टिनाले अन्तिम मिनेट सम्हालिन नसक्दा गोल खाएपछि प्रतियोगिताबाट आउट भयो ।

त्यसअघि खेलको ४०औं मिनेटमा मिलानका लागि अर्टुरो भिडालले पेनाल्टीमार्फत् गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ५७औं मिनेटमा फियोरेन्टिनाका लागि क्रिस्टिएन कोउआमेले गोल गरेर खेल १–१ बनाए । त्यसपछि ९० मिनेट र इन्जुरी समयमा पनि दुवै पक्षबाट विजयी गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो, जहाँ मिलानले बाजी मार्न सफल भयो ।

प्रकाशित मिति २९ पुष २०७७, बुधबार २२:३२
Loading...