कोपा इटालिया खेल्ने युभेन्टसको टोली घोषणा : को–को परे ?

काठमाडौं, पुस २९
इटालियन नकआउट क्लब फुटबल कोपा इटालियामा अन्तिम १६ को खेल खेल्ने युभेन्टसको प्रारम्भिक टोली घोषणा भएको छ । युभेन्टसले ढिला गरी घोषणा गरेको टोलीमा प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डोसहितका खेलाडी समेटिएका छन् । यस खेलमा रोनाल्डोलाई आराम दिइने तयारी भए पनि अर्का फरवार्ड पाउलो डिबाला घाइते भएपछि प्रशिक्षकले रोनाल्डोलाई समेटेर टोली घोषणा गरेका हुन् ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै प्रशिक्षक आन्ड्रेया पिर्लोले सिरी ए लिगको पुछारको टिम जेनोआविरुद्ध रोनाल्डोलाई आराम दिन सकिने बताएका थिए । तर, पत्रकार सम्मेलन भएको करिब २४ घन्टापछि पिर्लोले नकआउट खेलमा जोखिम मोल्नु खतरापूर्ण ठानेर रोनाल्डोसहितका खेलाडीलाई जेनोआविरुद्ध उतार्ने भएका हुन् ।

जेनोआविरुद्ध युभेन्टसको टोलीमा गोलपोस्टमा जियानलुइजी बुफोन हुनेछन् । डिफेन्स र मिडफिल्डमा पहिलो रोजाइका खेलाडी हुनेछन् भने फ्रन्ट लाइनमा रोनाल्डो र अल्भारो मोराटाले सुरुआत गर्ने सम्भावना छ ।

प्रकाशित मिति २९ पुष २०७७, बुधबार १९:४१
Loading...