सुपर कप सेमिफाइनल : यस्तो हुनेछ बार्सिलोना र सोसिडाडको प्लेइङ–११

काठमाडौं, पुस २९
स्पेनिस सुपर कप फुटबलमा आज रातिबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् । आज पहिलो सेमिफाइनल खेल बार्सिलोना र रियल सोसिडाडबीच हुँदैछ । खेल कार्डोबा क्लबको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

आज रातिको खेलमा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाइका टिम उतार्ने तयारी गरेका छन् । यसअघि ग्रानाडाविरुद्धको खेलमा तिघ्राको मांशपेसीमा समस्या भएर दोस्रो हाफमा चाँडो गरी मैदान छाडे पनि कप्तान मेस्सीले आज सोसिडाडविरुद्ध सुरुआत गर्ने सम्भावना छ । तर, अघिल्लो खेलमा घाइते भएका युवा डिफेन्डर रोनाल्ड अराउजो आज हुनेछैनन् । सामुएल उम्टिटी विकल्पमा छन् । यता, फ्रेन्च डिफेन्डर क्लमेट लेङलेट प्रतिबन्ध पार गरेर आज रातिबाट मैदान फर्किने तयारीमा छन् । बार्सिलोनामा फिलिपे कोउटिन्हो, जेरार्ड पिके, अन्सु फाती, सर्जी रोवेर्टो लामो समयका चोटका कारण टोलीबाहिर छन् ।

यता, मिडफिल्डमा कोम्यानले अघिल्लै सेटलाई दोहोराउनेछन् । जसमा सर्जियो बुस्केट्स, फ्रेन्की डे जोङ र पेड्रीले सुरुआत गर्ने करिब पक्का छ । मिडफिल्डमा ३ जना राखेको अवस्थामा फ्रन्ट लाइनमा मेस्सीसहित एन्टोनी ग्रीजम्यान र उसामान डेम्बेलेले सुरुआत गर्नेछन् ।

यता, सोसिडाडको टोलीमा आज राति २ खेलाडी चोटका कारण खेल्नेमा शंका छ । डेभिड सिल्भा र आर्टिन हालसालै चोटमुक्त हुँदै आएकाले आज बार्सिलोनाविरुद्ध उनीहरू खेल्ने निश्चित छैन । बाँकी कुनै पनि खेलाडीलाई चोट र प्रतिबन्धको समस्या छैन ।

Real Sociedad Predicted XI (4-3-3): Alex Remiro, Andoni Gorosabel, Igor Zubeldia, Modibo Sagnan, Aihen Munoz, Zubimendi, Mikel Merino, Ander Barrenetxea, Portu, Aleksander Isak, Mikel Oyarzabal

Barcelona Predicted XI (4-3-3): Marc-Andre ter Stegen; Jordi Alba, Oscar Mingueza, Samuel Umtiti, Sergino Dest; Sergio Busquets, Frenkie de Jong, Pedri; Ousmane Dembele, Lionel Messi, Antoine Griezmann

प्रकाशित मिति २९ पुष २०७७, बुधबार १७:५२
Loading...