कोपा इटालियामा आज ३ खेल : युभेन्टसलाई जेनोआको चुनौती

काठमाडौं, पुस २९
इटालीको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियामा आज अन्तिम १६ का तीन खेल हुँदैछन् । गत राति पहिलो खेलबाट एसी मिलान अन्तिम आठमा प्रवेश गरिसकेको छ । आज ३ खेल सकिएपछि बाँकी ४ खेल रहनेछन् । आज हुने ३ खेलमध्ये उपाधि दाबेदार टिमहरू इन्टर मिलान, नापोली र युभेन्टसले आ–आफ्नो खेल खेल्दैछन् ।

आजका खेल नेपाली समयमा

फियोरेन्टिना भर्सेस इन्टर मिलान – राति ७ः४५ बजे
नापोली भर्सेस इम्पोली – राति १०ः३० बजे
युभेन्टस भर्सेस जेनोआ  – राति १ः३० बजे

प्रकाशित मिति २९ पुष २०७७, बुधबार १२:५२
Loading...