पेनाल्टीमा जित निकाल्दै एसी मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा

काठमाडौं, पुस २९
एसी मिलान इटालियन नकआउट क्लब फुटबल कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको छ । गत राति भएको अन्तिम १६ को खेलमा मिलानले लिग प्रतिस्पर्धी टोरिनोलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै अन्तिम आठमा स्थान तय गरेको हो । मिलान अन्तिम आठमा पुग्ने पहिलो टिम पनि बनेको छ ।

निर्धारित समयको ९० मिनेट ०–० मा सकिएको थियो । त्यसपछि थप भएको ३० मिनेटको समयमा पनि दुवै टोलीबाट गोल नभएपछि खेललाई पेनाल्टीमा लगिएको थियो, जहाँ मिलान सफल भयो । टोरिनोका टोमास रिनकोनको पेनाल्टी मिलानका गोलकिपरले बचाएपछि खेल मिलानले ५–४ ले जित्यो । मिलानका सबै खेलाडीले पेनाल्टी प्रहारमा गोल गरेका थिए ।

यता, घरेलु टोली मिलान ७२औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । गोलकिपर जियानलुइजी डोनारुम्मा सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए । खेलका अफिसियललाई गाली गरेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएका थिए । त्यसपछि मिलानले खेलाडी परिवर्तन गरेर दोस्रो गोलकिपर मैदान छिराएको थियो ।

प्रकाशित मिति २९ पुष २०७७, बुधबार ०८:३६
Loading...