आजदेखि कोपा इटालियामा अन्तिम १६ का खेल हुँदै

काठमाडौं, पुस २८
सिजन २०२०–२१ अन्तर्गत इटालीको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालिया आज रातिबाट सुरु हुँदैछ । यस प्रतियोगिताको अन्तिम १६ मा आइपुग्न तल्लो श्रेणीका क्लबहरूले समेत प्रतिस्पर्धा गरेपछि समीकरण पूरा हुन्छ । अबको चरणमा कूल १६ टिमले अन्तिम १६ मा सिंगल खेल खेल्नेछन् । र, अन्तिम ८ मा जाने टिमको टुंगो लाग्नेछ ।

अन्तिम १६ राउन्डको पहिलो खेलमा सिरी ए टोली एसी मिलान र टोरिनो आमनेसामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट मिलानको घरेलु मैदान सान सिरोमा हुनेछ । मिलान हाल सिरी ए लिगमा शीर्ष स्थानमा छ भने टोरिनो १८औं स्थानमा छ ।

कोपाको अन्तिम १६ मा इन्टर मिलानले फियोरेन्टिना, युभेन्टसले जेनोआ, नापोलीले इम्पोली, एटलान्टाले क्याग्लिअरी, रोमाले स्पेजिया र लाजियोले पार्मा प्रतिस्पर्धी पाएका छन् । आज एक खेल भएपछि बाँकी खेल अर्को दिन हुनेछन् ।

प्रकाशित मिति २८ पुष २०७७, मंगलवार १५:५७
Loading...