मेस्सी ‘दशककै सर्वोत्कृष्ट प्ले मेकर’ खेलाडी घोषित : को कति नम्बरमा ?

एजेन्सी, पुस २८
स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सी पछिल्लो दशककै सबैभन्दा उत्कृष्ट प्ले मेकर खेलाडी घोषित भएका छन् । ‘आईएफएफएचएस’ ले मेस्सीलाई २०११–२० को अवधि (१० वर्ष) को अवधिका लागि सर्वोत्कृष्ट खेलाडीको रूपमा घोषणा गरेको हो । यससँगै मेस्सीलाई ‘द वर्ल्ड बेस्ट मेन प्लेमेकर फ् द डेकेड २०११–२०२०’ अवार्डद्वारा सम्मानित गरिनेछ ।

मेस्सीले यसअघि ‘आईएफएफएचएस द प्लेमेकर अफ् द इयर’ अवार्ड चारपटक जितिसकेका छन् । उनले सिजन २०१५, २०१६, २०१७ र २०१९ मा यो अवार्ड जितेका थिए । यसपटक उनी दशककै नम्बर वान प्लेमकेर खेलाडी घोषित भएका हुन् ।

पछिल्लो दशकमा मेस्सीले चार बालोन डिओर, ६ ला लिगा, ५ कोपा डेल रे, दुई च्याम्पियन्स लिग, ४ स्पेनिस सुपर कप, २युइएफए सुपर कप, २ फिफा क्लब वर्ल्ड कपसहितका उपाधि जिते । उनले यी सबै उपाधि बार्सिलोनाबाट जितेका हुन् । यस अवधिमा मेस्सीले अर्जेन्टिनाबाट कुनै उपाधि जितेनन् । पछिल्लो दशक मात्रै नभएर मेस्सीले करिअरमै आजसम्म अर्जेन्टिनाबाट कुनै अफिसियल उपाधि जित्न सकेका छैनन् ।

यस्तो छ टप–१४ सूची

प्रकाशित मिति २८ पुष २०७७, मंगलवार ०९:४४
Loading...