डिबाला घाइते भएको पुष्टि : कति समय मैदानबाहिर रहन्छन् ?

काठमाडौं, पुस २७
इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डिबाला घाइते भएका छन् । आज क्लबले अफिसियल रूपमा जानकारी दिँदै अर्जेन्टिनी फरवार्ड लिगामेन्ट चोटबाट पीडित बनेका छन् । अघिल्लो दिन सिरी ए लिगमा युभेन्टसले आफ्नो घरमा सासुओलोविरुद्ध खेल्नेक्रममा डिबाला घाइते भएका थिए ।

डिबाला खेलको ४३औं मिनेटमा घाइते हुँदै मैदान छाडेका थिए । उनको स्थानमा डेजान सुलुसेभ्स्कीलाई मैदान छिराइएको थियो । चेकजाँचपछि डिबालाको लिगामेन्टमा समस्या देखिएको हो । क्लबका अनुसार डिबाला यो चोटका कारण तीन सातासम्म मैदानबाहिर हुनेछन् । डिबाला नहुँदा अल्भारो मोराटाले मुख्य भूमिका पाउनेछन् ।

प्रकाशित मिति २७ पुष २०७७, सोमबार २२:०८
Loading...