मेस्सीका नाममा बन्यो नयाँ कीर्तिमान

काठमाडौं, पुस २७
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीका नाममा नयाँ कीर्तिमान बनेको छ । ३४ वर्ष पुग्न लागेका मेस्सी अब ला लिगा इतिहासमा लगातार १५ सिजन कम्तीमा १० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघि कुनै पनि खेलाडीले लिगमा लगातार १५ सिजनसम्म १० गोलको आँकडा पार गरेका थिएनन् ।

अघिल्लो दिन बार्सिलोनाले ग्रानाडालाई उसकै घरेलु मैदानमा ०–४ ले हराउनेक्रममा मेस्सीले २ गोल गरेका थिए । सो खेलमा मेस्सीले १ फ्रि किक गोलसहित २ गोल गरेका थिए । मेस्सीले सोही खेलमा गरेको फ्रि किक गोल बार्सिलोनाको जर्सीमा कूल ४८औं फ्रि किक गोल गरेका थिए ।

जारी सिजनको सुरुआतमा मेस्सीले कमजोर सुरुआत गरेका थिए । सुरुआतमा गोलका लगातार पेनाल्टीको सहारा लिएका मेस्सी पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका छन् । उनले पछिल्ला २ खेलबाट ४ गोल गरेर आफ्नो उत्कृष्ट लयमा फर्किएको सन्देश दिएका छन् । जारी सिजन मेस्सीले ला लिगामा मेस्सीले १७ खेलबाट ११ गोल गरेका छन् । मेस्सी अहिले ला लिगामा एकल सर्वाधिक गोलकर्ता हुन् ।

प्रकाशित मिति २७ पुष २०७७, सोमबार १९:४१
Loading...