युरोपियन टप–५ लिगमा रोनाल्डोको अर्को रेकर्ड

काठमाडौं, पुस २७
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोका नाममा युरोपियन टप–५ लिगमा नयाँ रेकर्ड बनेको छ । रोनाल्डो अब युरोपका शीर्ष लिगमा पछिल्ला १५ सिजन कम्तीमा १५ गोल गर्ने एक मात्रै खेलाडी बनेका छन् । गत राति सिरी ए लिगमा युभेन्टसले आफ्नो घरमा सासुओलोलाई ३–१ ले हराउँदा रोनाल्डोले १ गोल गरेका थिए ।

सो गोलपछि रोनाल्डोले यस सिजन लिगमा गरेको कूल गोल संख्या १५ पुगेको छ । उनले मात्रै १३ खेलबाट १५ गोल गरेका छन् । रोनाल्डोले आफ्नो करिअरमा सिजन २००६–०७ यता घरेलु लिगमा हरेक सिजन कम्तीमा १५ गोल गर्दै आएका छन्, जुन कीर्तिमानी हो ।

प्रकाशित मिति २७ पुष २०७७, सोमबार १७:०१
Loading...