सिरी ए लिग : लाजियो र नापोली दुवैले जिते

काठमाडौं, पुस २६
इटालियन सिरी ए लिग फुटलमा बलिया टोलीहरू लाजियो र नापोली दुवैले आ–आफ्नो खेल जितेका छन् । आइतबार राति भएको खेलमा लाजियोले अवे मैदानमा पार्मालाई ०–२ ले हरायो । यता, अर्को खेलमा नापोलीले उडिनेसलाई उसकै घरमा १–२ ले हरायो ।

लिगको १६औं साताको खेलमा नापोलीलाई जिताउनेक्रममा खेलको १५औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए । त्यसपछि २७औं मिनेटमा उडिनेसका लागि केभिन लासाग्नाले गोल गरेर खेल १–१ बनाएका थिए । तर, खेलको ९०औं मिनेटमा नापोलीका लागि बाकायोकाले गोल गरेपछि खेल नापोलीले १–२ ले जित्यो ।

यता, लिगको १७औं साताको खेलमा लाजियोलाई पार्माविरुद्ध ०–२ को सहज जित दिलाउनेत्रममा २ जनाले गोल गरे । खेलको ५५औं मिनेटमा लुइस अल्वेर्टोले गोल गर्दा ६७औं मिनेटमा फिलिपे काइसेडोले गोल गरेका थिए ।

अब नापोलीले १६ खेलबाट ३१ अंक जोडेर पाँचौं स्थानमा चढेको छ । तर, आज राति युभेन्टसको खेलपछि हालको अंक तालिका फेरबदल हुनेछ । यता, लाजियो १७ खेलबाट २८ अंक बनाएर आठौं स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति २६ पुष २०७७, आईतवार २१:५५
Loading...