इन्टर मिलान र रोमा बराबरीमा रोकिए : युभेन्टसलाई फाइदा !

काठमाडौं, पुस २६
इटालियन सिरी ए लिग फुटबलको उपाधि होडमा रहेका इन्टर मिलान र रोमाले बराबरी खेलेका छन् । आज आइतबार भएको लिगको १७औं साताको खेलमा दुई टोलीले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । रोमाको घरमा पाहुना टोली मिलानले पछि परेको अवस्था उल्टाएर १–२ को अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । रोमाले अन्तिम समयमा गोल गर्दै हार पन्छाउन सफल भयो ।

यससँगै मिलानलाई अंक तालिकामा झट्का लागेको छ । उसले पछिल्ला २ खेलबाट मात्रै १ अंक जोड्दा ५ अंक गुमाएको छ । मिलान र रोमाको बराबरीले अब चौथो स्थानको एटलान्टा र पाँचौं स्थानको युभेन्टलाई प्रत्यक्ष फाइदा पुग्नेछ । यसको धेरै फाइदा भने युभेन्टसले लिन सक्नेछ ।

आफ्नो घरमा रोमाका लागि खेलको १७औं मिनेटमा लोरेन्जो पेलेग्रीनीले पहिलो गोल टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ५६औं मिनेटमा मिलान क्रिनिआरले गोल गरेर इन्टर मिलानलाई १–१ को बराबरीमा ल्याए । बराबरी गोल गरेको ७ मिनेटमै मिलानका लागि अचरफ हाकिमीले दर्शनीय गोल गरेर रोमालाई पछि पारेका थिए । उनले हानेको शक्तिशाली प्रहार बारमा लाग्दै छिरेपछि खेलमा मिलानले १–२ को अग्रता बनायो ।

मिलान रोमाको घरमा जित नजिक पुगेको थियो । तर, खेलको ८६औं मिनेटमा रोमाका जियानलुका मान्चिनीले गोल गरेपछि इन्टर मिलान जितबाट वञ्चि भयो भने रोमा घरेलु मैदानमा हारबाट बच्यो । अब यो बराबरीपछि दुवै टिमले १–१ अंक बाँडेका छन् । मिलान अझै पनि १७ खेलपछि ३७ अंकका साथ दोस्रो स्थानमा रहेको छ । रोमा समान १७ खेलपछि ३४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति २६ पुष २०७७, आईतवार १९:२८
Loading...