आज दोस्रो स्थानको इन्टर मिलान र तेस्रो स्थानको रोमा भिड्दै

काठमाडौं, पुस २६
इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा आज केही ठूला खेलहरू हुँदैछन् । आज हुने खेलहरूमध्ये एक खेलमा लिगको दोस्रो स्थानको इन्टर मिलान र तेस्रो स्थानको रोमा आमनेसामने हुँदैछन् । यो खेल रोमाको घरेलु मैदानमा हुनेछ । उपाधि होडमा रहेका दुई टोली भिड्ने भएकाले आजको खेल निकै महत्त्वपूर्ण हुनेछ ।

हाल मिलान १६ खेलपछि ३६ अंकका साथ दोस्रो स्थानमा रहँदा रोमा समान खेलपछि ३३ अंकका साथ तेस्रो स्थानमा छ । यदि आज आफ्नो घरमा स्पष्ट जित निकाल्न सके रोमाले दोस्रो सथानको मिलानसँग अंक बराबरी गर्नेछ । लिग लिडर एसी मिलान १७ खेलबाट ४० अंक बनाएर शीर्ष स्थानमा रहेको छ ।

आजका खेल नेपाली सयममा

रोमा भर्सेस इनटर मिलान – साँझ ५ः१५ बजे
पार्मा भर्सेस लाजियो – राति ७ः४५ बजे
उडिनेस भर्सेस नापोली – राति ७ः४५ बजे
भेरोना भर्सेस क्रोटोने – राति ७ः४५ बजे
फियोरेन्टिना भर्सेस क्याग्लिअरी – राति १०ः४५ बजे
युभेन्टस भर्सेस सासुओलो – राति १ः३० बजे

प्रकाशित मिति २६ पुष २०७७, आईतवार १०:३३
Loading...