ग्रानाडा भर्सेस बार्सिलोना : पहिलो हाफमा बार्सिलोना ०–३ ले अघि

काठमाडौं, पुस २५
स्पेनिस ला लिगा फुटबलमा अहिले ग्रानाडा र बार्सिलोनाबीच खेल जारी छ । ग्रानाडाको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा पाहुना टोली बार्सिलोनाले ०–३ को सहज अग्रता बनाएको छ । तर, बार्सिलोनाका २ गोल भने विवादित रहे ।

खेलको १२औं मिनेटमा एन्टोनी ग्रीजम्यानले पहिलो गोल गरेका थिए । उनको गोल अफसाइड रहेको अवस्थामा रेफ्रीले मान्यता दिएका थिए । तर, पछि समीक्षा गर्दा सो गोल अफसाइड देखिएको थियो ।

त्यसपछि खेलको ३५औं मिनेटमा कप्तान मेस्सीले एन्टोनी ग्रीजम्यानको पासमा देब्रे खुट्टाले ग्रानाडाका डिफेन्डरका बीचबाट सुन्दर गोल गरेका थिए । सो गोलको मुभमा बार्सिलोनाका सर्जियो बुस्केट्सले ह्यान्ड बल गरे पनि रेफ्रीले भिएआर जाँच नगर्दा बार्सिलोनाको गोल बच्यो ।

त्यसपछि खेलको ४२औं मिनेटमा बक्स लाइन नजिकैबाट कप्तान मेस्सीले फ्री किकमार्फत् लो सटमा सोझै गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ०–३ को सहज अग्रता बनाउन सफल भयो ।

प्रकाशित मिति २६ पुष २०७७, आईतवार ००:०३
Loading...