युभेन्टसका डिफेन्डरलाई कोरोना संक्रमण

एजेन्सी, पुस २५
इटालियन क्लब युभेन्टसका डिफेन्डर माथिस डि लिग्टलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । क्लब युभेन्टसले नेदरल्यान्ड्सका युवा डिफेन्डरको पिसिआर जाँचको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको छ । क्लबका अनुसार संक्रमण देखिएपछि डि लिग्टले होम आइसोलेसनमा बस्न थालेका छन् ।

कोरोनाबाट संक्रमित बनेपछि डि लिग्टले युभेन्टसका आगामी दुई खेल गुमाउने पक्का भएको छ । डि लिग्ट पछिल्लो समय आन्ड्रेया पिर्लोको कमान्डमा पहिलो रोजाइमा रहँदै आएका थिए । युभेन्टसलाई उनले उच्च प्रदर्शनका साथ सघाइरहेका छन् । युभेन्टस हाल घरेलु लिगमा ३० अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति २५ पुष २०७७, शनिबार १५:४६
Loading...