ला लिगामा आज ठूला टोलीका खेल हुँदै : रियल र बार्सिलोना दबाबमा

काठमाडौं, पुस २५
स्पेनिस ला लिगा फुटबलमा आज लिगका सबैजसो ठूला टोलीहरूले आ–आफ्नो खेल खेल्दैछन् । आज हुने खेलहरूमा उपाधि होडमा रहेका एथ्लेटिको मड्रिड, रियल मड्रिड, बार्सिलोना, सेभिल्ला, रियल सोसिडाड सबैले आ–आफ्नो खेल खेल्दैछन् । लिगमा आज एकैदिन टप–६ मा रहेका टोलीले खेल्न लागेका हुन् ।

आज हुने खेलहरूमा बार्सिलोना भर्सेस ग्रनाडा, एथ्लेटिको मड्रिड भर्सेस बिल्बाओ, ओसासुना भर्सेस रियल मड्रिडका खेल महत्त्वपूर्ण हुनेछ । त्यसैगरी, सेभिल्ला र रियल सोसिडाडको खेल पनि हेर्नलायक हुनछ । हाल अंक तालिकामा एथ्लेटिको मड्रिड १५ खेलपछि ३८ अंकका साथ शीर्ष स्थानमा रहँदा १७ खेलबाट ३६ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ ।

त्यसैगरी, १८ खेलबाट ३२ अंक भएको भिल्लारियल तेस्रो स्थानमा रहँदा १७ खेलबाट ३१ अंक बनाएको बार्सिलोना चौथो स्थानमा छ । १८ खेलबाट ३० अंक बनाएको रियल सोसिडाड पाँचौं स्थानमा रहँदा १५ खेलबाट २७ अंक भएको सेभिल्ला छैटौं स्थानमा छ । १६ खेलबाट २४ अंक भएको ग्रानाडा सातौं स्थानमा छ ।

आजका खेल नेपाली समयमा

सेभिल्ला भर्सेस रियल सोसिडाड – साँझ ६ः४५ बजे
एथ्लेटिको मड्रिड भर्सेस बिल्बाओ – राति ९ बजे
ग्रानाडा भर्सेस बार्सिलोना – राति ११ः१५ बजे
ओसासुना भर्सेस रियल मड्रिड – राति १ः४५ बजे

प्रकाशित मिति २५ पुष २०७७, शनिबार ११:३७
Loading...