लिभरपुलको शानदार जितमा मानेको २ गोल : उल्भ्सले पनि जित्यो

काठमाडौं, पुस २४
इंग्लिस एफए कप फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । गत राति भएको खेलमा उसले लिग प्रतिस्पर्धी एस्टोन भिल्लालाई १–४ ले हरायो । तेस्रो चरणअन्तर्गत भएको खेलमा लिभरपुललाई जिताउन साडियो मोनले २ गोल गरे ।

लिभरपुलका लागि मानेले खेलको चौथो मिनेटमै गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ४१औं मिनेटमा लोयुई ब्यारीले गोल गरेपछि पहिलो हाफ १–१ मा सकियो । तर, दोस्रो हाफमा लिभरपुलले ६ मिनेटको बीचमा ३ गोल हानेर खेल जित्यो । ६०औं मिनेटमा जर्जिनियो विज्नाल्डुमले गोल गरेर टिमलाई अग्रता दिलाए ।

लगत्तै ३ मिनेटपछि नै ६३औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गरे । फेरि २ मिनेटमै मोहमद सालाहले गोल गरेपछि खेल लिभरपुलले १–४ ले जित्यो । यता, गत राति नै भएको अर्को खेलमा उल्भ्सले पनि जितेको छ । उसले आफ्नो मैदानमा पाहुना टोली क्रिस्टल प्यालेसलाई १–० ले हराएर अर्को चरणमा स्थान बनायो । उल्भ्सका लागि १ मात्रै विजयी गोल अडामा ट्राओरेले ३५औं मिनेटमा गरेका थिए ।

प्रकाशित मिति २५ पुष २०७७, शनिबार ०८:२८
Loading...