कोपा डेल रे फुटबल : अन्तिम ३२ को ड्र सार्वजनिक

काठमाडौं, पुस २४
स्पेनको नकआउट क्लब फुटबल कोपा डेल रे अन्तर्गत यस सिजनको अन्तिम ३२ को ड्र घोषणा भएको छ । आज स्पेनिस फुटबल संघले सिजन २०२०–२१ का लागि ड्र घोषणा गरेको हो । सार्वजनिक ड्र अनुसार बार्सिलोनाले अन्तिम ३२ मा तेस्रो डिभिजनको क्लब कोर्नेल्ला प्रतिस्पर्धी पाएको छ । कोर्नेल्ला त्यही टिम हो, जसले अघिल्लो दिन मात्रै ला लिगा लिडर एथ्लेटिको मड्रिडलाई दोस्रो चरणमै १–० ले हराएर प्रतियोगिताबाटै आउट गराएको थियो ।

त्यसैगरी, रियल मड्रिडले अन्तिम ३२ मा अल्कोयानो प्रतिस्पर्धी पाएको छ । यो दोस्रो डिभिजनको क्लब हो । एथ्लेटिक बिल्बाओले इबिजा प्रतिस्पर्धी पाउँदा रियल सोसिडाडले भने कार्डोबा प्रतिस्पर्धी पाएको छ । हेरौं पूरा ड्र:

खेल तालिकाअनुसार अन्तिम ३२ का खेलहरू जनवरी १६ र १७ तारिखमा हुनेछन् । यसपटक अन्तिम ३२ बाटै सबै खेलहरू सिंगल लेगमा हुनेछन् । अघिल्लो सिजनसम्म अन्तिम ३२ बाटै होम एन्ड अवे गरी दुई लेगमा हुँदै आए पनि अहिले कोरोना भाइरसको महामारीको असर कायमै रहेकाले सिंगल लेग मात्रै खेलाउन लागिएको हो ।

प्रकाशित मिति २४ पुष २०७७, शुक्रबार १८:४२
Loading...