फेलिक्स ला लिगाको सर्वाधिक मूल्यवान् खेलाडी : मेस्सीको मार्केट भ्यालु ओरालो

एजेन्सी, पुस २३
स्पेनिस ला लिगा फुटबलमा नयाँ वर्ष २०२१ का लागि सुरुआती सर्वाधिक मूल्यवान् खेलाडीको सूची सार्वजनिक भएको छ । चर्चित संस्था ‘ट्रान्सफर मार्केट’ले बुधबार सार्वजनिक गरेको सबैभन्दा उच्च मार्केट भ्यालु भएका खेलाडीको प्लेइङ सेटमा एथ्लेटिको मड्रिडका युवा सटार जुआओ फेलिक्स रहेका छन् । २१ वर्षीय उनको हालको मार्केट भ्यालु १०० मिलियन युरो रहेको छ । उनी यतिबेला १०० मिलियन मार्केट भ्यालु भएका ला लिगाका एक मात्रै खेलाडी हुन् ।

यता, बार्सिलोनाका कप्तान लिओनल मेस्सीको मार्केट भ्यालु भने यसपटक घटेको छ । उनको मूल्य ८० मिलियन युरो रहेको छ । अघिल्लोपकट भन्दा उनको यसपटक २० मिलियन युरो घटेको हो । सन् २०१० मा मेस्सीको मार्केट भ्यालु जति कायम भएको थियो, २०२१ मा आइपुग्दा त्यत्ति नै कायम भएको छ । मेस्सी उमेरले ३४ वर्ष नजिक छन् ।

फेलिक्सपछि दोस्रो धेरै मार्केट भ्यालु भएका खेलाडीमा एथ्लेटिको मड्रिडकै गोलकिपर जान ओब्लाक छन् । उनको बजार मूल्य ९० मिलियन युरो छ । महँगो प्लेइङ सेटमा हालको ला लिगा लिडर एथ्लेटिको मड्रिडका सबैभन्दा धेरै ५ जना पर्दा रियल मड्रिडका ३ जना खेलाडी परेका छन् । त्यसैगरी, बार्सिलोनाका २ जना छन् । बार्सिलोनाका युवा सटार अन्सु फातीको मार्केट भ्यालु ८० मिलियन तोकिएको छ ।

यस्तो छ सर्वाधिक मूल्यवान् ला लिगाको प्लेइङ ११

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार २२:२९
Loading...