युनाइटेडलाई हराउँदै सिटी काराबाओ कपको फाइनलमा

काठमाडौं, पुस २३
इंग्लिस काराबाओ कपको फाइनल प्रवेश गर्ने दोस्रो टिम म्यानचेस्टर सिटी बनेको छ । सिटीले लिग प्रतिस्पर्धी म्यानचेस्टर युनाइटेडलाई सेमिफाइनलमा ०–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । फाइनल जानका लागि भएको म्यानचेस्टर डर्बी भिडन्तमा सिटीले युनाइटेडलाई एकपक्षीय नतिजाले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

टोटनह्यामको घरेलु रंगशालामा भएको खेलमा सिटीका लागि खेलको ५०औं मिनेटमा जोन स्टोनेसले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३औं मिनेटमा फर्नान्डिन्होले दोस्रो गोल थपेपछि सिटीको ०–२ को जित पक्का भएको हो । खेलभरिमा युनाइटेडले जम्मा २ पटक मात्रै अन टार्गेट प्रहार गर्दा गोल निकाल्न सकेन ।

अब सिटीले कपको उपाधिका लागि प्रिमियर लिगकै टोली टोटनह्यामसँग भिडन्त गर्नेछ । टोटनह्याम अघिल्लो दिन मात्रै ब्रेन्टफोर्डलाई २–० नै हराएर फाइनल प्रवेश गरिसकेको छ । अब फाइनल खेल आगामी अप्रिल २५ तारिखमा हुनेछ । सिटीलाई यसपटक लगातार चौथोपटक कप जित्ने अवसर छ ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार ०४:०९
Loading...