बिल्बाओ भर्सेस बार्सिलोना : पहिलो हाफमा बार्सिलोना १–२ ले अघि

काठमाडौं, पुस २३
स्पेनिस ला लिगा फुटबलमा अहिले बार्सिलोना र एथ्लेटिक बिल्बाओको खेल जारी छ । बिल्बाओको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा पाहना टोली बार्सिलोनाले १–२ को अग्रता लिएको छ । बार्सिलोना पछि परेको स्थिति उल्टाएर अग्रता बनाएको हो । घरेलु टोेली बिल्बाओले बार्सिलोनाविरुद्ध खेल सुरु भएको २ मिनेट ४९ सेकेन्डमै गोल गरेर अग्रता बनाएको थियो ।

तर, बार्सिलोनाले पहिलो हाफमै उत्कृष्ट कमब्याक गर्न सफल भयो । खेलको १४औं मिनेटमा फ्रेन्की डे जोङको पासमा युवा स्टार पेड्रीले हेडिङमार्फत् गोल गरेर खेल बराबरी बनाए । त्यसपछि खेलको ३८औं मिनेटमा कप्तान मेस्सीले लो सटमा निकै सुन्दर गोल गरेपछि बार्सिलोनाले १–२ को अग्रता बनायो । मेस्सीको गोलमा पेड्रीले नै ब्याक हिलमा निकै राम्रो असिस्ट दिएका थिए ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार ०२:३३
Loading...