एसी मिलान भर्सेस युभेन्टस : पहिलो हाफमा १–१ को बराबरी

काठमाडौं, पुस २३
इटालियन सिरी ए लिग फुटबलमा अहिले लिग लिडर एसी मिलान र युभेन्टसको खेल जारी छ । मिलानको घरेलु मैदानमा जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ । निकै रोमाञ्चक खेलमा युभेन्टसका लागि खेलको १८औं मिनेटमा फेडरिको किइजाले शानदार गोल गरेर टिमलाई अग्रता दिलाए ।

पाउलो डिबालाले चलाखीपूर्वक दिएको ब्याक हिल पास नियन्त्रणमा लिएर किइजाले बल केही अगाडि बढाएर हानेको शक्तिशाली लो सटले सोझै जाली चुमेको थियो । त्यसपछि पनि किइजाको एक खतरनाक प्रहार पोलमा लागेर फर्किएको थियो । पहिलो हाफमा घरेलु टोली मिलानले पनि पटक–पटक आक्रमण बुन्यो । तर, युभेन्टसका गोलकिपरले मिलानका पटक–पटकका प्रहार असफल पारिदिए ।

पहिलो हाफको अन्त्यतिर ४१औं मिनेटमा मिलानका लागि डेभिड कालब्रियाले निकै सुन्दर गोल गरेर टिमलाई पहिलो हाफमा १–१ को बराबरीमा फर्काउन सफल भए ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार ०२:१७
Loading...