काठमाडौं, पुस २२
इंग्लिस नकआउट क्लब फुटबल प्रतियोगिता इएफएल (काराबाओ) कपमा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ, जहाँ प्रिमियर लिगका दुई हेभिवेट टोलीहरू म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी भिड्दैछन् । कपको सेमिफाइनलमै यसपटक म्यानचेस्टर डर्बी हुन लागेको हो ।
आजको खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्ड रंगशालामा नेपाली समयअनुसार राति १ः३० बजेबाट सुरु हुनेछ । यो सिजन प्रिमियर लिगमा उत्कृष्ट लयमा रहेको युनाइटेड आज सिटीलाई आफ्नो घरेलु मैदानमा स्तब्ध बनाएर फाइनलमा स्थान तय गर्न चाहन्छ । प्रिमियर लिगका खास प्रतिस्पर्धी खेल्ने भएकाले आजको खेल रोमाञ्च्क हुनेछ पक्का छ ।
गत राति पहिलो सेमिफाइनलबाट टोटनह्याम फाइनल पुगिसकेको छ । उसले तल्लो डिभिजनको ब्रेन्टफोर्डलाई २–० ले हराएर फाइनल प्रवेश गरेको छ । आज राति डर्बी भिडन्तको विजेताले कपको उपाधिका लागि टोटनह्यामसँग प्रतिसस्र्धा गर्नेछ ।
प्रकाशित मिति २२ पुष २०७७, बुधबार १२:१७