कर्मचारीलाई कोरोना देखिएपछि बार्सिलोनाका सबै खेलाडीको पिसिआर जाँच

एजेन्सी, पुस २१
स्पेनिस क्लब बार्सिलोनाले आफ्नो सिनियर टोलीका सबै खेलाडीको कोरोना भाइरस (कोभिड–१९) को जाँच गरेको छ । टिमका २ जना स्टाफमा कोरोनाको संक्रमण देखिएपछि क्लबले प्रशिक्षक र खेलाडीसहितको पिसिआर जाँच गरेको हो । सोमबार बार्सिलोनाको २ जना कोचिङ स्टाफलाई कोरोना देखिएको थियो ।

बार्सिलोनाले अफिसियल रूपमा जानकारी दिँदै बुधबार बिहान सिनियर टोलीका सबै खेलाडीको पिसिआर जाँच गरेकोमा पहिलो रिपोर्ट सबैको नेगेटिभ आएको छ । बाँकी कर्मचारीसहित सबै खेलाडीको जाँच गर्दा कसैको पनि रिपोर्ट पोजेटिभ नआएको क्लबले जनाएको छ ।

यससँगै बार्सिलोनाले बुधबार राति ला लिगामा खेल्ने एथ्लेटिक बिल्बाओविरुद्धको खेल खेल्ने पक्का भएको छ । यदि सिनियर टिमका ६ जनासम्म खेलाडीमा कोरोना देखिएको खण्डमा खेल रद्ध हुने कोरोना प्रोटोकल रहेको छ । खेलाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि खेलाडीले बुधबारको प्रशिक्षण ढिलो गर्ने क्लबले जनाएको छ ।

प्रकाशित मिति २१ पुष २०७७, मंगलवार २२:११
Loading...