तथ्यांक भन्छ– मेस्सीभन्दा रोनाल्डो दोब्बरले अघि !

एजेन्सी, पुस २१
जारी सिजन स्पेनिस क्लब बार्सिलोनाका लिओनल मेस्सी र इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोको व्यक्तिगत प्रदर्शनको तुलनाअनुसार रोनाल्डो निकै अघि देखिएका छन् । फुटबलको तथ्यांक संकलन तथा विश्लेषण गर्ने चर्चित संस्था ‘ओप्टा’ले प्रकाशित गरेको तथ्यांकअनुसार जारी सिजन घरेलु लिगमा रोनाल्डो मेस्सीभन्दा दोब्बरले अघि छन् ।

यही फेब्रुअरी महिनाबाट ३६ वर्ष पुग्न लागेका रोनाल्डो यो सिजन सुरुआतबाटै उत्कृट लयमा छन् । यता, ३४ वर्ष नजिक रहेका मेस्सी भने सुरुआतबाटै संघर्ष गरिरहेका छन् । विगतभन्दा यो सिजन मेस्सीले धेरै खेलमा गोलका लागि पेनाल्टीको सहारा लिनु परेको छ । तर, संयोग यस्तो परेको छ कि– यो सिजन यहाँसम्म आइपुग्दा रोनाल्डो र मेस्सीले हालसम्म पेनाल्टीमार्फत् बराबरी नै गोल गरेका छन् भने दुवैले बराबरी १–१ पेनाल्टी मिस गरेका छन् ।

लिगमा गरेको प्रदर्शन र तथ्यांकअनुसार गोल संख्याका आधारमा मेस्सीभन्दा रोनाल्डो दोब्बरले नै अघि छन् । रोनाल्डोले मेस्सीको भन्दा कम खेले खेलेर पनि सिरी ए लिगमा ठीक डबल गोल गरेका छन् । हेरौं तथ्यांक–

घरेलु लिगमा

खेल: रोनाल्डो ११ – १५ मेस्सी
गोल: रोनाल्डो १४ – ७ मेस्सी
असिस्ट: रोनाल्डो २ – २ मेस्सी

च्याम्पियन्स लिगमा

खेल: रोनाल्डो ४ – ४ मेस्सी
गोल: रोनाल्डो ४ – ३ मेस्सी

प्रकाशित मिति २१ पुष २०७७, मंगलवार २०:५२
Loading...